कोरोना महामारीका कारण म्यानचेस्टर युनाइटेडलाई ३.७ मिलियन घाटा

एजेन्सी, ९ जेठ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले वर्ष २०२० को पहिलो त्रैमासिकमा कोरोना महामारीका कारण क्लबलाई ३.७ मिलियन युरो घाटा भएको विवरण सार्वजनिक गरेको छ ।

प्रिमियर लिग क्लब युनाइटेडले गत वर्षको त्रैमासिकभन्दा ५१.७ प्रतिशतले आम्दानीमा घाटा भएको विवरण प्रस्तुत गरेको छ । यो वर्षको पहिलो त्रैमासिकमा युनाइटेडले २९ मिलियन युरो मात्र आम्दानी गरेको छ ।

कोरोना महामारीका कारण १३ मार्चबाट लिग स्थिगित भएपछि टेलिभिजन प्रशारण अधिकारबाट हुने आम्दानीमा भारी गिरावट आएको कारण आफूलाई घाटा भएको क्लबले जनाएको छ ।

इंग्लिस प्रिमियर लिग जुन महिनाको मध्यबाट सुचारु हुने तयारीमा रहेको छ । यदि जुनबाट पनि लिग सुचारु हुने नसके इंग्लिस प्रिमियर लिगलाई एक मिलियन पाउण्ड स्टर्लिङ घाटा हुने निश्चित छ ।

विशेषतः खेल प्रसारण कम्पनीहरुलाई १५ मिलियन छुट, १९/२० को सिजन ढिलाई, प्रसारण तालिकामा परिवर्तन, महामारीका कारण दुई अवे खेल खेल्न नपाउनु र च्याम्पियन्स लिगमा छनौट नहुनाले आफ्नो क्लबलाई घाटा परेका युनाइटेडले जारी गरेको विज्ञप्तिमा खुलाइएको छ ।

पहिलो त्रैमासिकमा घाटा भएपनि क्लब सन्तुलित भएर अघि बढ्ने क्लबका कार्यकारी निर्देशक एड वुडवर्डले बताएका छन् ।

महामारीको सुरुआती दिनबाट नै युनाइटेड र क्लब फाउन्डेशन मिलेर अस्पताल, विद्यालय, महामारी रोकथामका लागि फ्रन्टलाइनमा काम गरिरहेका र कमजोर स्थितीमा रहेका क्लबका फ्यानहरूलाई सहयोग गरिरहेको निर्देशक वुडवर्डले बताए ।

Loading...