Rumpum

Rumpum Advertisement

वैज्ञानिक भन्छन् : भारतमा उत्पन्न भएको भाइरस वुहानको भन्दा फरक छ

वैज्ञानिक भन्छन् : भारतमा उत्पन्न भएको भाइरस वुहानको भन्दा फरक छ

एजेन्सी, ९ जेठ । भारतीय वैज्ञानिकहरूले भारतमा उत्पन्न भएको भाइरस वुहानको भाइरस स्ट्रेनभन्दा फरक पाएका छन् ।

पाकिस्तानकाे मिडिया द न्यूजका अनुसार कोभिडको कारण हुने कोरोना भाइरसमा हुने परिवर्तनहरू बुझ्ने प्रयास गरिरहेका भारतीय वैज्ञानिकहरूको एक समूहले भाइरसको केही संरचनाहरूमा परिवर्तन भइरहेको पत्ता लगाएका हुन् ।

देशमा समग्र कम परीक्षण दर र थोरै संख्यामा जीनोम सब्मिशनका कारण भारतमा सार्स-कोभ -२ को विकासको मूल्यांकनमा प्रमुख अवरोधका रूपमा उभिइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

जामिया हमदर्दका उपकुलपति तथा डीएनए फिंगरप्रिन्टि र डायग्नोस्टिक्स सहर केन्द्रका पूर्व प्रमुख डा. स्येद ई हसनेनका अनुसार समूहले भारतमा अनुक्रमित स्ट्रेनसहित सार्वजनिक डाटाबेसमा ४ हजार सार्स-कोभ -२ सिक्वेन्स अध्ययन गरिएको छ ।

अध्ययनले भारतीय र विश्वव्यापी परिदृश्यमा भाइरसको जीनोमिक साथै कार्यात्मक पक्ष दुवैको मूल्यांकन गरेको छ ।

ठूला-ठूला विश्लेषणले भारतमा उत्पन्न भएको भाइरसको केही प्रोटिनमा उल्लेखनीय परिवर्तनहरू देखिएको छ ।

तथ्यांकले भारतमा देखिएको भाइरसमा परिवर्तनले भारतीय जनसंख्यामा सार्स-कोभ २ को संक्रमिततालाई असर गर्न सक्ने देखाएको छ ।

भाइरसको भारतीय नमूनाहरूले चीन, कुवेत, स्पेन, नर्वे र क्यानडाका भाइरसमा भएको परिवर्तनसँग नजिक थिए ।

रोगजनकको प्रकोप गतिशीलता बुझ्न थप अध्ययनहरू आवश्यक रहेको हसनेन बताउँछन् ।