रियल मड्रिडलाई च्याम्पियन्स लिगबाट आउट गर्न मुस्किल : सिल्भा

एजेन्सी, ९ जेठ । म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नान्डो सिल्भाले रियल मड्रिडलाई च्याम्पियन्स लिगबाट आउट गर्न सहज नभएको बताएका छन् ।

स्पेनिस मिडिया एएससँगको अन्तर्वार्ताका क्रममा पोर्चुगिज स्टार सिल्भाले यस्तो बताएका हुन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा रियलभन्दा सिटी बलियो अवस्थामा छ । प्रिमियर लिग च्याम्पियन सिटीले पहिलो लेगमा रियलविरुद्ध २–० गोलको जित निकालेको थियो ।

गत फेब्रुअरीमा रियलको मैदान बर्नाबेउमा नै सिटीविरुद्ध जित निकालेको थियो । च्याम्पियन्स लिगमा बलियो रूपमा रहेपनि सिल्भाले रियललाई च्याम्पियन्स लिगबाट आउट गर्न सहज नभएको बताएका हुन् ।

‘तपाईं च्याम्पियन्स लिगका कुनैपनि टोलीलाई निकाल्न सक्नुहुन्न, अझ रियल मड्रिडलाई निकाल्न गाह्रै पर्छ । ऊ सर्वाधिक धेरै १३ पटकको युरोपियन च्याम्पियन क्लब हो’, उनले भने ।

‘च्याम्पियन्स लिगमा रियलका खेलाडीसँग अरुभन्दा धेरै छ । त्यसैले उनीहरूविरुद्ध जित निकालीसकेका छौं भने सोच्न सकिँदैन । अघिल्लो वर्ष नै हेर्नु न, बार्साले लिभरपुललाई पहिलो लेगमा हरायो तर दोस्रो लेगमा लिभरपुलले जित्यो । तर, लिभरपुललाई त्यसअघि रियलले हराउँदै उपाधि जितेको हो,’ उनले भने ।

यसैगरी सिल्भाले राष्ट्रिय टोलीका सहकर्मी क्रिस्टियानो रोनाल्डोको स्थान कसैले लिन नसक्ने जनाएका छन् ।

‘रोनाल्डोलाई पोर्चुगलको महान खेलाडीको रूपमा चिनिन्छ । के तपाईंले उहाँको स्थान लिन सक्नुहुन्छ ?’ भनेर सिल्भालाई प्रश्न गरिएको थियो ।

जसको उत्तर दिँदै उनले भने, ‘रोनाल्डोको स्थान लिन असम्भव छ । केसैले पनि उनको स्थान लिन सक्दैनन् । म प्रयास गर्न गइरहेको छु र आफ्नो प्रदर्शनमा सधैं सुधार गरिरहन्छु । जसले गर्दा म मेरो देश र क्लबका लागि राम्रो गर्न सकूँ ।’

Loading...