विराटनगरका सफाइ कर्मचारीको रिपोर्ट नेगेटिभ

विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिकाका सफाइ कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ

विराटनगर १५ घर भएका विराटनगर महानगरपालिकाका कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि महानगरले सबै सफाइ कर्मचारीको नमूना संकलन गरेको थियो ।

सफाइ कर्मचारीसहित विराटनगर-१५ र ६ नम्बर वडाका शंकास्पद १२० जनाको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

दुईजनामा संक्रमण देखिएपछि महानगरपालिकाले संक्रमित देखिएको टोल र महनगरका सफाइ कर्मचारीमा कोरोना परीक्षण गरेको थियो ।

Loading...