स्पेनिस लेजेन्डरी स्ट्राइकर अडुरिजले लिए फुटबलबाट सन्यास

एजेन्सी, ९ जेठ । चिकित्सकहरूले हिप प्रतिस्थापनको सल्लाह दिएपछि ३९ वर्षीय स्पेनिस स्ट्राइकर एरिट्ज अड्रिजले फुटबल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् ।

एथ्लेटिक क्लब र रियल सोसिडाडबीच हुने तय भएको स्पेनिस कोपा डेल रेको फाइनलपछि सन्यास लिने अडुरिजको सपना कोरोना महामारीले पूरा नसकेपछि उनले बुधबार सन्यासको घोषणा गरेका हुन् ।

१९÷२० को सिजन समाप्तीसँगै फुटबलबाट सन्यास लिने योजना बनाएका अडुरिजले कोरोना महामारीका कारण लिग र फुटबल प्रतियोगिताहरू स्थगित भएपछि आपूmले भनेको मितिभन्दा केही अगाडि नै फुटबलबाट बिदा लिएका हुन् ।

विभिन्न फुटबल सिजन गरी एथ्लेटिकोमा कूल ११ वर्ष बिताएका अडुरिजले रियल भालाडोलिड, भ्यालेन्सिया र रियल मल्लोर्काबाट ला लिगा खेलेका थिए । यसका अलवा अर्रा र बर्गाेसमा लोनमा रहेरसमेत उनले फुटबल खेलेका थिए ।

अडुरज ला लिगा खेल्ने स्पेनिस खेलाडीमध्ये सर्वाधिक गोल गर्ने दोस्रो स्पेनिस खेलाडी हुन् । व्यवसायिक करियरमा एक सय ५८ गोल गरेका अडुरिजभन्दा अघि डेभिड भिल्ला रहेका छन् । उनले ला लिगामा एक सय ८६ गोल गरेका छन् ।

Loading...