‘रोनाल्डोको स्थान कसैले लिन सक्दैन’

एजेन्सी, ९ जेठ । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नान्डो सिल्भाले राष्ट्रिय टोलीका सहकर्मी क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् ।

स्पेनिस मिडिया ‘एएस’सँगको अन्तर्वार्तामा पोर्चुगिज स्टार सिल्भाले रोनाल्डोको स्थान कसैले लिन नसक्ने जनाएका हुन् ।

सो अन्तर्वार्तामा उनले आफ्ना सहकर्मी रोनाल्डोका साथै प्रशिक्षक पेप ग्वार्डीओला र पूर्वक्लब बेन्फिकाको विषयमा कुरा गरेका थिए ।

‘रोनाल्डोलाई पोर्चुगलको महान खेलाडीको रूपमा चिनिन्छ । के तपाईंले उहाँको स्थान लिन सक्नुहुन्छ ?’ भनेर सिल्भालाई प्रश्न गरिएको थियो ।

जसको उत्तर दिँदै उनले भने, ‘रोनाल्डोको स्थान लिन असम्भव छ । केसैले पनि उनको स्थान लिन सक्दैनन् । म प्रयास गर्न गइरहेको छु र आफ्नो प्रदर्शनमा सधैं सुधार गरिरहन्छु । जसले गर्दा म मेरो देश र क्लबका लागि राम्रो गर्न सकूँ ।’

यसैगरी सिल्भाले पूर्वक्लब बेन्फिकाबाट नै सन्यास लिने मनसाय आफूले बनाएको उल्लखे गरे ।

Loading...