रक्सीको नसामा श्रीमानमाथि खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

सोलुखुम्बु, ९ जेठ । सोलुखुम्बुमा श्रीमानमाथि खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ परेकी छन् ।

सोलुको सोताङ बस्ने ४६ वर्षीया परीमाया राईले आफ्नै श्रीमानालाई खुकुरी प्रहार गरेकी हुन् ।

बिहीबार दिउँसो साढे ३ बजे घरमा बसिरहेका ४५ वर्षीय प्रतापसिंह राईलाई परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेकी हुन् ।

खुकुरी प्रहारबाट घाइते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

मादक पदार्थ सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमानालाई खुकुरी प्रहार गरी फरार भएकी थिइन ।

तत्काल प्रहरीमा खबर हुनसाथ उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

Loading...