नेपाली कामदारलाई कतारमा मृत्यूदण्ड

दोहा, ९ जेठ । कतारमा एक नेपाली कामदारलाई मृत्यूदण्ड दिइएको छ ।

कतारी नागरिकको हत्या गरेको अभियोग लागेका महोत्तरीको औरहीका अनिल चौधरीलाई मृत्युदण्ड दिइएको हो ।

कतारमा कतारीको हत्या गर्ने र मृत्युदण्ड पाउने चौधरी नै सम्भवतः पहिलो नेपाली कामदार हुन् ।

हत्या अभियोगमा उनी २०१७ को अप्रिलमा पक्राउ परेका थिए ।

यस घटनाबारे कतारस्थित नेपाली दूतावासलाई पनि कतारी सरकारले जानकारी दिइसकेको दूतावासका अधिकारीहरुले जनाएका छन् ।

साथै उनको शव नेपाल लैजान अनुमति दिइए पनि लकडाउनका कारण तत्काल त्यसबारे प्रक्रिया अगाडि बढाउन कठिन भएको बताइएको छ ।

चौधरी एक कम्पनीमा सामान्य मजदुरीका लागि २०१५ मा कतार पुगेका थिए ।

पछिल्लो ३ वर्षयता उनी जेलमै थिए ।

Loading...