भारतीय क्रिकेटरमाथिको प्रतिबन्ध हटाउन माग

एजेन्सी, ९ जेठ । भारतीइ पूर्व ब्याट्सम्यान रोबिन उथप्पाले आफ्नो देशका खेलाडीमाथिको प्रतिबन्ध हटाउन माग गरेका छन् ।

बीबीसीसँगको कुराकानीमा उथप्पाले विदेशी टी–२० प्रतियोगितामा खेल्न भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले लगाएको प्रतिबन्ध हटाउन माग गरेका हुन् ।

बीसीसीआईले इन्डियन प्रिमियर लिग (आईपीएल) बाहेक अन्य फ्रेन्चाईज खेल्नका लागि आफ्ना खेलाडीमाथि प्रतिबन्ध लगाएको छ ।

भारतीय खेलाडीले विदेशमा हुने व्यवसायीक क्रिकेट प्रतियोगिता जस्तै अष्ट्रेलियाको बिग बास, क्यारेबियन प्रिमियर लिग, बेलायतको द हन्ड्रेड जस्ता प्रतियोगितामा भाग लिन नपाउने बीसीआईको नियम छ ।

सन् २००७ मा टी–२० विश्वकप विजेताले भनेका छन्, ‘कृपया हामीलाई जान दिनुहोस्, हाम्रो ईश्वरप्रति ईमान्दार रहन दिनुहोस् । यसले दुःखी बनाउँछ, जब तिमी गएर खेल्न पाउँदैनौ ।’

‘हामीले केही प्रतियोगिता खेल्न पाएमा राम्रो हुने थियो, किनकी एउटा खेलको विद्यार्थीको रूपमा हामी सिक्न चाहन्छौँ र जतिसक्दो आफूलाई सुधार्न चाहन्छौँ ।’ उनले भने ।

Loading...