बार्सिलोनामै रहने भिडालको चाहना

एजेन्सी, ९ जेठ । बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिडालले आफू स्पेनमै खुशी रहेको बताएका छन् ।

बिहीबार इन्स्टाग्राम लाइभ च्याटमार्फत् चिलियन स्टार भिडालले आफू बार्सिलोनामै खुशी रहेको बताएका हुन् ।

३२ वर्षीय भिडाल पछिल्लो समय सिरी ‘ए’ फर्किने चर्चा छ । सन् २०२१ सम्म बार्सिलोनासँग उनको सम्झौता रहेको छ ।

इन्टर मिलान जाने चर्चाकाबीच भिडालले बार्सिलोनामै रहने आफ्नो चाहना रहेको बताएका हुन् ।

‘म बार्सिलोनामा धेरै खुशी र आरामदायी छु । पक्कै पनि म यहीँबाट निरन्तरता दिन चाहन्छु । मैले पहिलोको भन्दा धेरै तयारी गरेको छु’, उनले भने ।

‘यहाँ धेरै राम्रो समूह छ । म खुशी छु । मसँग धेरै महान साथीहरू छन्’, उनले भने ।

Loading...