विराटनगरमा कोरोना विरुद्ध लडिरहेकालाई सघाउँदै संक्रमित स्वास्थ्यकर्मी

विराटनगर, ८ जेठ । कोशी अस्पतालमा कोरोना विरुद्ध लडिरहेकाहरुलाई संक्रमित स्वास्थ्यकर्मीले सहयोग गरिरहेका छन ।

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनकुटाका ४ जना स्वास्थ्यकर्मी उपचाररत छन् । ४ जेठमा पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि कन्ट्याक टे«सिङका आधारमा गरिएको स्वाव परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टी भएका मध्ये धनकुटाका ४ स्वास्थ्यकर्मी कोभिड अस्पतालका अन्य ४६ जना संक्रमितसँगै उपचारमा छन् ।

उनीहरु आँफै उपचारमा रहेपछि उनीहरुले अन्य संक्रमितको स्वास्थ्य परीक्षणका विभिन्न कार्यमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको कामलाई सहयोग गरिरहेका छन ।

सामान्य अवस्थामा रहेका स्वास्थ्यकर्मीले अन्य संक्रमितलाई कोरोनाका बारेमा सचेतना र डिस्चार्ज पछि गर्नुपर्ने कामका बारेमा पनि बताउने गरेका छन् ।

कोभिड अस्पतालका फिजिसियन डेनप्रसाद आचार्यका अनुसार स्वास्थ्यकर्मीले भर्ना भए लगत्तै संक्रमितको उपचारमा सघाउँदै आएका छन् ।

‘उहाँहरु सामान्य अवस्थाको हुनुहुन्छ’ उनी भन्छन् ‘ संक्रमितलाई कोरोनाका बारेमा विभिन्न विषयमा जानकारी गराउँदै उपचार कार्यमा हामीलाई सघाउँदै आउनु भएको छ ।’

Loading...