Rumpum

Rumpum Advertisement

बजेटमा प्रदेश नं १ सरकारले पुरानै योजनालाई प्राथमिकता दिने

बजेटमा प्रदेश नं १ सरकारले पुरानै योजनालाई प्राथमिकता दिने

विराटनगर , ८ जेठ । प्रदेश नंक १ सरकारका उद्योग , वन वतावरण तथा पर्यटन मन्त्री जगदिस कुसैतले नयाँ योजना थप्ने भन्दा पुराना योजनालाई आगामी बजेटमा ब्यावस्था गरिने बताएका छन ।

विहिबार बसेको प्रदेश सभाको अर्थ समितिको बैठकमा मन्त्री कुसैतले पुराना योजनालाई अलपत्र पारेर नयाँ योजना ल्याउने सरकारको कुनै तयारी नभएको बताएका हुन ।

समितिलाई अगामी बजेटका तयारुीबारे जानकारी गराउदै उनले भने ‘विषम परिस्थिति भएकोले पुराना योजना अलपत्र बनाएर सरकारलाई बदनाम बनाउनु भन्दा पुरानालाई नै पुरा गर्नु राम्र्रो हुन्छ ।’,

योजना मन्त्रिहरुको क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै बैठकमा सांसदहरुले आरोप लगाएकोबारे मन्त्री कुसैतले नर्कादै भने ‘सम्भवत यहाँ भएका सबै सांसद ज्यूहरुको योजना समावेस गरेको छु बरु मेरो क्षेत्रमा पारेको छुँयन ।’

प्रत्येक जिल्लामा पर्यटन प्रवर्धन इकाईस्थापना गर्ने योजना बनाएको भए पनि सम्भव नभएको उनले बताए ।

उनले त्यसको विकल्पमा तीन जिल्लालाई समेटने गरी इकाई स्थापना गर्ने प्रयास गरेको पनि सफल नभएको जिकिर गरे ।इकाई नहुदा प्रयाप्त रुपमा काम हुन नसकेको उनको तर्क थियो ।

कानुनको अभावमा घरेलुका कर्मचारीले कालोबाजारी गरेको टुलुटुलु हेर्न बाहेक केहि गर्न सक्ने अवस्था नभएको मन्त्री कुसैतले समितिलाई जानकारी गराए ।