प्रदेश सांसद – ‘न यता न उता, कता न कता !’

यज्ञ अधिकारी

विराटनगर, ८ जेठ । आफुहरु ‘न यता न उता, कता न कता’ को अवस्थामा पुगेको प्रदेश १ का सांसदहरुले गुनासो गरेका छन् ।

बिहिवार अर्थ समितिको बैठकमा सहभागी सदस्य सांसदहरुले प्रदेश सांसदलाई स्थानियले देख्नै नसक्ने संघले बुझनै नखोज्ने भएकोले ‘न यता न उता, कता न कता’ को अवस्थामा पुगेको प्रदेश १ का सांसदहरुले गुनासो गरेका हुन ।

प्रदेश सांसदहरु जिल्लै नआइदिए हुन्थ्यो भन्ने खालको मानसिकता स्थानिय तहका जनप्रतिनिधिहरुमा रहेको सांसद राजन राईले बताए ।

प्रदेशका योजनालाई आफैले गरेको भन्ने मानसिकता स्थानिय तहमा हाबी भएको उनले बताए । सांसद राईको धारणमा सबै सदस्य सांसदहरुले स्थानिय तहले प्रदेश सांसदलाई नरुचाएको कुरामा एकमत जनाए ।

भूमिको अधिकार स्थानिय र संघ सरकार संग मात्र रहनु दुखद भएको समिति सभापति मोहन खडकाले बताए । उनले भुमि व्यवस्था,कृषी तथा सहकारी मन्त्रालाय नै खारिज गर्न राज्य मन्त्रीलाई भनेको बताए ।

प्रदेश सरकारले खट्टुा कमाएको कारणले अहिले सांसदहरु पनि कता न कताको अवस्थामा आएको उनले जिकिर गरे ।

पद खुस्कने डरेले सरकारका मन्त्रीहरुले संघिय सरकारसँग निर्धक्क बोल्न नसकेको सभापति खडकाले सुनाए ।

संघियताको मर्मविपिरित वित्तिय हस्तान्तरण भएको जिकिर गदै उनले सरकारलाई भूमिका प्रभावकारी बनाउन सुझाव दिए ।

प्रदेश १ को उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री जगदि कुसैत र मन्त्रालयका प्रदेश सचिव संजिवकुमार राईसँग वर्तमान समस्यावारे छलफल आयोजना गरेको थियो ।

संघियताको आभास नभएको सांसद र सचिवको गुनासो

प्रदेश सरकारका सांसदहरुले मात्र नभएर सचिवले पनि संघियताको अभाष हुन नपाएको गुनासो गरेका छन् ।

बिहिबार अर्थ समतिले आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले संघिय सरकारको प्रतिनिधिको रुपमा रहेको सिडियोबाट सरकार र संसादले अनुमति लिनु परेको भन्दै गुनासो गरेका हुन ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सन्जिव कुमार राईले संघियता आएको साँच्च अनुभुति गर्न नपाएको बताए ।

मन्त्रालयका कर्मचारीलाई आउजाउमा प्रहरीले उभ्याउने गरेको १०÷१२ जना कर्मचारीको पासको लागी जिल्ला प्रसासन कर्यालयमा पठाउँदा २ जनाको मात्र बनाएर फर्कादिने गरेको समितिलाई उनले जानकारी गराए ।’

सांसद एकराज कार्कीले पनि समितिको बैठकमा आउनका लागिपनि सिडियोको अनुमति लिएर आउनुपरेको सांसद एकराज कार्कीले गुनासो गरे । उनले भने , ‘ हो संघियता त आएकै पो रहेन छ त ?’

सांसद रामकुमार राईले संघियतालाई ओझेलमा पार्ने खेल भइरहेको बताए । ‘ बैठकमा आउनको लागी सिडीयो जानकारी गराएर मात्र आएको हु ।’ उनले पनि भने ‘ जानकारी नगराए प्रहरीले बाटो छेकेर दिक्क लगाउछन ।’

Loading...