विश्व पौडी च्याम्पियनसिप एक वर्षका लागि स्थगित

एजेन्सी, ८ जेठ । विश्व पौडी च्याम्पियनसिप एक वर्षका लागि स्थगित भएको छ ।

कोरोना भाइरस महमारीका कारण विश्व पौडी महासंघ फिनाले विश्व च्याम्पियनसिप एक वर्षका लागि स्थगन गरेको हो ।

प्रतियोगिता यसै वर्षको अन्तिममा दुबईको आबुधाबीमा हुने तय भएको थियो । प्रतियोगिता १५ डिसेम्बरदेखि २० तारिखसम्म हुने तय भएको थियो ।

तर, फिनाले बिहीबार विज्ञप्ति जारी गरी प्रतियोगिता एक वर्ष सार्दै सन् २०२१ को १३ डिसेम्बरदेखि १८ सम्म हुने जनाएको छ ।

विश्व च्याम्पियनसिपमा नेपालबाट पनि दुई खेलाडीले सहभागिता जनाउने तय भएको थियो ।

यस्तै १० डिसेम्बरदेखि १२ सम्म भने फिना अक्वाटिक्स प्रतियोगिता हुनेछ ।

Loading...