रवि लामिछानेले भने : कठै भारतीय मिडिया ! एक ट्वीटले नै पसिना छुट्यो

विराटनगर, ८ जेठ । सामाजिक सञ्जारलमा अहिले देशको सीमाना र अभिनेत्री मनिषा कोइरालाको ट्वीटको विषयमा विभिन्न व्यक्तिका भनाइहरू सार्वजनिक भइरहेका छन् ।

patrakar

यस्तैमा अभिनेत्री मनिषा कोइरालाको एक ट्विटलाई लिएर भारतीय मिडियाहरूको पासिना छुटेको भन्दै सञ्चारकर्मी रवि लामिछानेले आफ्नो सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् ।

रवि लेखछन्, ‘कठै भारतीय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिकामाथि गालीगलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मैदेखि स्वतन्त्र देश नेपालकी छोरी हुन्, मनिषा कोइराला, अनि बोल्दिनन् त ?’

यसैगरी उनले सबै भारतीय मिडियाहरूलाई उनीहरूको सरकारले संयुक्त राष्ट्र संघमा पेश गरेको नक्शाको अध्ययन गर्न र आधिकारिक रूपमा जारी गरिएको नेपालको राजनीतिक नक्सामा हेर्न सल्लाह दिएका छन् ।

साथै उनले आजको कार्यक्रमको विशेष तयारी गरिरहेको जानकारीसमेत दिएका छन् । ‘भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला नभइ, तथ्य र प्रमाणमा बोल्ने प्रयास गर्नेछु’, उनले लेखेका छन् ।

उनले इतिहास जाँच गर्न, प्रमाणहरू संकलन गर्न, तथ्यलाई नबुझेसम्म पढेर मात्र आफ्नो स्टुडियोमा पुग्न वा नचाहिने कुरालाई रोक्न भारतीय पत्रकार साथीहरूलाई सिफारिस गरेका छन् ।

Loading...