‘मेस्सी नम्बर वान खेलाडी’

एजेन्सी, ८ जेठ । स्पेनिस फुटबलर आन्द्रे इनियस्टाले पूर्वसहकर्मी तथा बार्सिलोनाका कप्तान लियनेल मेस्सी ‘नम्बर वान खेलाडी’ भएको बताएका छन् ।

‘ओले’सँगको अन्तर्वार्ताका क्रममा बार्सिलोना पूर्व कप्तान इनियस्टाले मेस्सी नम्बर एक खेलाडी भएको बताएका हुन् ।

हाल जापानिज क्लब भिजेल कोबेबाट खेलिरहेका मिडफिल्डर इनियस्टाले १६ वर्ष बिताएका थिए । सन् २००२ देखि क्याप नोउबाट खेल्दै आएका उनी २०१८ मा जापानिज क्लब गएका थिए ।

मेस्सीसँग १४ वर्ष एकसाथ खेलेका इनियस्टाले मेस्सी विश्वको सर्वोकृष्ट खेलाडी भएको उल्लेख गरे ।

मेस्सीले मैदानमा हरेक कुरामा फरक बनाउने बताउँदै इनियस्टाले भने, ‘मलाई अचम्म लाग्छ कि अर्जेन्टिनासँग महान फुटबलरहरू छन् । जसमध्ये एक मेस्सी पनि हुन् । मेरा लागि उनी नम्बर वान हुन् ।

‘मेस्सीले हरेक कुरामा फरक बनाउने गर्छन् । उनी ह्याट्रिक गर्न र ह्याट्रिकका लागि पास उपलब्ध गराउन सक्षम छन् । किनभने उनले जुनसुकै समयमा फरक पार्न सक्छन्,’ उनले भने ।

Loading...