झापामा थप ८ जनामा कोरोना पोजेटिभ

विराटनगर, ८ जेठ । झापामा थप ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापामा फोकल पर्सन जीवन चौलागाईंका अनुसार बिहीबार थप ८ जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएकाहरू झापाको कचनकवल गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेकाहरू हुन् ।
थप भएका संक्रमित भारतबाट लुकिछिपी नेपाल आएको उनले बताए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । ३५ मध्ये ३३ जना कचनवकलमा भेटिएकाहरू हुन् ।

Loading...