Rumpum

Rumpum Advertisement

पाकिस्तानमा कोरोना संक्रमितको संख्या बढ्दै

पाकिस्तानमा कोरोना संक्रमितको संख्या बढ्दै

विराटनगर, ८ जेठ । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

पाकिस्तानमा संक्रमितको संख्या तीब्र रूपमा बढिरहेको बेला संक्रमितको संख्या ५० हजार नजिक पुग्न आँटेको हो ।

अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांकअनुसार आज पाकिस्तानमा दुई हजार १ सय ९३ भन्दा बढी संक्रमित थपिएसँगै संक्रमितको संख्या ४८ हजार ९१ पुगेको हो ।

पाकिस्तानमा संक्रमित मध्येका ३२ जनाको ज्यान गएपछि हालसम्म त्यहाँ १ हजार १७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ ।

संक्रमितहरूमध्ये १४ हजार १ सय ५५ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

विभिन्न अस्पतालमा ३२ ह्जार ९ सय १९ जना संक्रमितले उपचार गराइरहेका छन् ।

यीमध्ये १ सय ११ गम्भीर अवास्थ्यमा छन् । पाकिस्तान अहिले कोरोना प्रभावितको सूचिमा उन्नाइसऔं नम्बरमा छ ।