पूजा शर्मा भन्छिन् : जन्मदिनेलाई पराई ठानेर आफ्नै आमाको अंग लुच्छ्नेलाई आमा भन्न सकिँदैन

विराटनगर, ८ जेठ । सामाजिक संजालमा अहिले देशको सीमाना र मनीषा कोइरालाको ट्विटको विषयमा कलाकार तथा नेपाली जनताहरूले आफ्नो भनाइहरू सार्वजनिक गरिरहेका छन् ।

अभिनेत्री मनीषा कोइरालाको एक ट्वीटलाई लिएर भारतीय मिडिया तथा भारतीय नागरिकहरू उनीमाथि खनिएका बेला नायिका पूजा शर्माले भारतीय मिडियामाथि आक्रोश पोख्दै तथा नेपालका मिडीयाहरुले खासै आवाज उठाउन नसकेको भन्दै दु:ख ब्यक्त गरेकी छन् ।

पूजा फेसबुकमा लेख्छिन्, आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनीषा कोइरालाले नेपाली भूमिको विषयमा टिप्पणी गर्दा भारतीय मिडिया रोइलो गरिरहेका छन् । तर, उनीहरूले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा गरेनन्, यो दु:खको कुरा हो । मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभएको हैन आफ्नो कलाकारितामा उभिएर खानुभएको हो ।

मनीषा दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रति ठीट लागेर आयो ।

नेपालीहरू काम र कर्मको सिलसिलामा सन्सारभर होलान् तर, जब देश र आफ्नो जमीनको कुरा हुन्छ त्यतिबेला देशकै पक्षमा बोलिन्छ । जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुच्छ्ने पराईलाई आमा भन्न सकिँदैन, चेतना भया ।

अन्त्यमा पूजाले भारतीय मिडियाले नेपाल र मनीषाको बारेमा ठूलो ठूलो स्वरमा नानाभती भनिरहँदा नेपालका मिडियाहरूले खासै आवाज उठाउन नसकेकोमा दु:ख ब्यक्त गरेकी छन् ।

Loading...