‘हाजार्डले बालोन डी‘ओर जित्न सक्छन्’

एजेन्सी, ८ जेठ । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले इडेन हाजार्डले बालोन डी‘ओर जित्न सक्ने बताएका छन् ।

मार्टिनेजले स्पेनिस मिडिया ‘क्याडेना सर’सँगको कुराकानीमा हाजार्डले बालोन डी‘ओर जित्न सक्ने बताएका हुन् ।

बेल्जियमका स्टार हाजार्ड यसै सिजन मात्र चेल्सीबाट रियल मड्रिडमा अनुबन्ध भएका हुन् ।

१०० मिलियन युरोमा स्पेनिस क्लबमा अनुबन्ध भएका उनी चोटका कारण मैदानमा उत्रिन संघर्षरत रहेका छन् ।

२२ फेब्रुअरीमा चोट बोकेका उनले १५ खेलमा मात्र सहभागिता जनाएका छन् । यद्यपि, उनी बुधबारबाट प्रशिक्षणमा फर्किएका छन् ।

‘हाजार्डले रियल मड्रिडबाटै बालोन डी‘ओर जित्न सक्छन्, यसमा कुनै शंका छैन । कहिलेकाहिँ अफ्ठेरो हुनसक्छ, जसले गर्दा क्लबलाई दिनुपर्ने कुरा दिन सकिँदैन,’ मार्टिनेजले भने ।

‘इडेनले सबै खेल गुमाउँदैनन्, आठ वर्षे चेल्सी बसाइको क्रममा उनले १८ खेल गुमाएका थिए । तर, पीएसजीविरुद्धको खेलमा उनले निकै ठूलो चोट बोकेका थिए । मेरो विचारमा रियल मड्रिडको टिम आत्मविश्वासी छन्,’ उनले भने ।

Loading...