लिम्पियाधुरा र लिपुलेक नेपालको हो, भारतले तथ्य स्वीकार्नुपर्छ : राजेश हमाल (भिडियो)

काठमाडौं, जेठ ८ । अभिनेता राजेश हमालले लिम्पियाधुरा र लिपुलेक नेपालको भू–भाग भएको बताएका छन् ।

बुधबार आफ्नो फेसबुकामा एक भिडियो सार्वजनिक गर्दै हमालले लिम्पियाधुरा र लिपुलेक नेपालको भू–भाग भएको र भारतले यस तथ्यलाई स्वीकार्नुपर्ने बताएका हुन् ।

नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले नेपालको अनुमतिबिनै सडक बनाएपछि हमालले यस्तो बताएका हुन् । यसअघि अभिनेत्री मनिषा कोइरालाले पनि सीमा विवादका विषयमा आफ्ना धारणा राखेकी थिइन् ।

हमालले भिडियोमा भनेका छन्,‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो । नेपालसँग यसको पुरा प्रमाण छ । हामी नेपाली बिनम्रताका साथ अनुरोध गर्छौँ कि भारतले तथ्य स्वीकार्नुपर्छ । भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ ।’

‘पहिले हामी बोलेनौं तर अहिलेका युवाहरू निकै सचेत र शिक्षित भएका छन् । नेपालीले यतिबेला न्याय र अन्याय छुट्याउन सक्ने भएकाले भारतको विरोध भइरहेको छ,’ उनले भिडियोमा भनेका छन्, ‘भारतले निरन्तर नेपाली भूमि दाबी गर्नाले नेपालीको सार्वभौमिकतालाई कुल्चिएको अनुभूति भएको छ । यो साँच्चै नेपालीको लागि अस्वीकार्य छ ।’

My View on Limpiyadhura and Lipulekh..

Posted by Rajesh Hamal on Wednesday, May 20, 2020
Loading...