साहसी नारी भन्दै मनिषाकाे पक्षमा उभिइन् इन्दिरा

विराटनगर, ८ जेठ । बलिउडमा लामो समय देखि अभिनयमा सक्रिय रहेकी नेपाली अभिनेत्री मनिषा कोइरालाको एक ट्वीटलाई लिएर भारतीय मिडिया तथा भारतीय नागरिकहरू उनीमाथि खनिएका छन् ।

मनिषाले नेपालको नक्साको विषयमा नेपाल सरकारले पक्ष लिएको भन्दै तल्लो स्तरको गाली तथा देश छोड्न भनेपछि नेपाली कलाकर्मी तथा नेपाली जनताहरूले उनलाई साथ दिएका छन् ।

यही विषयमा मनिषाको समर्थन गर्दै गायिका इन्दिरा जोशीले आफ्नो सामाजिक सन्जाल फेसबुकमा मनिषासँगको तस्विर सार्वजनिक गर्दै सत्यको पक्षमा उनी उभिएको बताएकी छन् ।

अद्भुत अभियन क्षमताका कारण मनिषाले बलिउडमा कैयौँ हिट चलचित्र र थुप्रै योगदान दिएको, कर पनि तिरेको बताउँदै इन्दिरा लेख्छिन्, ‘यो व्यक्तिगत कुरा होइन, यो सेवाको आदन–प्रदानको कुरा हो ।’

क्यान्सरसँग लडेकी मनिषा एक बहादुर, शक्तिशाली र प्रतिभाशाली महिला भएकाे बताउँदै इन्दिराले मनिषा धेरैका लागि उदाहरण भएकाे बताइन् ।

Loading...