Rumpum

Rumpum Advertisement

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् ।

बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । योसँगै संक्रमितको संख्या दुई लाख ९३ हजार नाघेको छ ।

ब्राजिल विश्वमा सबैभन्दा धेरै संक्रमित हुने तेस्रो स्थानमा छ ।

भाइरसका कारण एकैदिन ८ सय ८८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १८ हजार ८ सय नाघेको छ ।