Rumpum

Rumpum Advertisement

अमेरिकामा काेराेनाबाट गोराका तुलनामा काला धेरै पीडित

अमेरिकामा काेराेनाबाट गोराका तुलनामा काला धेरै पीडित

एजेन्सी, ८ जेठ । कोरोना भाइरसले अमेरिकामा कालाहरूलाई बढी पीडित बनाइरहेको छ ।

तथ्यांकहरूका अनुसार भाइरस संक्रमणबाट अफ्रिकी अमेरिकी नागरिकहरूको मृत्यु गोराभन्दा तीन गुणा बढी भएको देखाएको छ ।

‘कलर अफ कोरोना भाइरस’ अध्ययनमा एपीएम रिसर्च ल्याबले संकलन गरेको डाटाका अनुसार कोभिड १९ को कारण हुने मृत्युमा काला एकातिर र अर्कोतिर अन्य अमेरिकी नागरिक भएको देखाएको हो ।

कोरोना भाइरसका कारण अमेरिकामा अफ्रिकी अमेरिकनहरूको प्रतिलाख जनसंख्याको मृत्यु दर ५०.३ छ भने युरोपियनहरू २०.७ ल्याटिन अमेरिकीहरू २२.९ र एसियाली अमेरिकीहरूको २२.७ छ ।

प्रत्येक २००० काला मध्ये एकको मृत्यु कोभिड १९ का कारण भएको छ ।

अमेरिकाका केही राज्यहरूमा यी तथ्याङ्कहरू अझ बढी आश्चर्यजनक छन् ।

केनजसमा कोभिड १९ बाट मृत्यु भएका गोराभन्दा काला सङ्ख्या सात गुणा बढी छ ।

वाशिंगटनमा समेत कालाहरू गोराको तुलनामा काला गुणा बढी शिकार भएका छन् ।

त्यस्तै, मिशिगनमा पाँच गुणा बढी र न्यूयोर्कमा तीन गुणा बढी रहेको छ ।

ट्रम्प प्रशासनले गोरा र कालाहरूको स्वास्थ्य स्थितिमा असमानताका कारण कालाहरूलाई सजिलो शिकार बनाइरहेको बताएका छन् ।

कालाहरूमा मधुमेह, उच्च रक्तचाप र मोटोपन बढी हुने हुन्छ ।

एपीएम रिसर्च ल्याबले आफ्नो अध्ययनमा अमेरिकाको ४० राज्यमा कोभिड १९ का कारणले मृत्यु भएका ९२ हजार १ सय २८ जनामध्ये काला ९० प्रतिशत समेटेको छ ।