सान्टोस लगुनाका आठ खेलाडीमा कोरोना संक्रमण

एजेन्सी, ८ जेठ । मेक्सिकन क्लब सान्टोस लगुनाका आठ खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शीर्ष डिभिजन लिग ‘लिगा एमएक्स’को क्लब सान्टोसका आठ खेलाडीमा कोरोना पोजिटिभ देखिएको हो ।

सुचारुको तयारीमा रहेको लिगा एमएक्सले सान्टोसका ८ खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

बुधबार साँझ विज्ञप्ति जारी गरी लिगा एमएक्सले आठ खेलाडीमा संक्रमण देखिएको जनाएको हो ।

यद्यपि, उनीहरूको पहिचान खुलाइएको छैन । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

गत १५ मार्चबाट स्थगित लिग सुचारुकाे तयारीमा थियो ।

Loading...