ब्राजिलले दियो काेराेनाविरुद्द दुई एन्टी-मलेरियल ड्रग्स प्रयोग गर्न अनुमति

एजेन्सी, ८ जेठ । ब्राजिलकाे स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीहरूलाई उपचार गर्न दुई एन्टी-मलेरियल ड्रग्स प्रयोग गर्न अनुमति दिएको छ ।

तर, मलेरिया हुँदा प्रयोगमा ल्याउने क्लोरोक्वाइन र हाइड्रोक्सीक्लोरोक्वीन कोभिड-१९ को उपचारमा प्रभावकारी छन् भन्ने प्रमाणित गर्न सक्ने कुनै ठोस प्रमाण भने अहिलेसम्म छैन ।

मार्चमा ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले सोशल मिडियामा हाइड्रोक्सीक्लोरोक्वाइन भाइरसको उपचारमा अत्यन्त प्रभावकारी राहेको भन्दै दाबी गरेका थिए ।

यद्यपि, पछि फेसबुक र ट्वीटरले नक्कली समाचार फैलाएको भन्दै पोष्टहरू हटाएको थियो ।

सोमबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस रोकथामका उपायहरूलाई ध्यानमा राख्दै आफूले हाइड्रोक्सीक्लोरोक्वाइन लिइरहेको बताएका थए ।

तर, अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले यो औषधि ‘सुरक्षित र प्रभावकारी’ नभएको बताउँदै आएको छ ।

यस औषधिको गम्भीर नकारात्मक प्रभावहरू देखिएका छन्, जसमा औषधिले आँखा, हृदय र अन्य अंगहरूलाई नराम्रो असर गर्छ ।

Loading...