जित हाम्रो रगतमा छ : जिदान

एजेन्सी, ८ जेठ । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले जित आफ्नो रगमा भएको बताएका छन् ।

ला लिगामा उपाधि होडमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाभन्दा आफूहरू बलियो रहेको उल्लेख गर्दै जिदानले यस्तो बताएका हुन् ।

२०१९–२० को ला लिगा कोरोना भाइरस महामारीका कारण गत मार्चबाट स्थगित छ ।

अंक तालिकामा रियल बार्सिलोनाभन्दा २ अंकले पछाडि रहेको छ । तर, जिदानले भने आफूहरू उपाधि होडमा बलियो रहेको बताएका छन् ।

‘यो साता धेरै नै राम्रो बित्यो किनकी हामीले स–सानो समूह बनाएर धेरै काम गरेका थियौं’, रियल मड्रिड टिभीसँग कुरा गर्दै फ्रेन्च प्रशिक्षकले भने, ‘ हामी शारीरिक, प्राविधिक र अधिक सामरिक रूपमा काम गर्न सक्छौं ।’

‘अब हामीसँग ११ खेल बाँकी छ र बलियो तरिकाले सिजन सकाउने हाम्रो तयारी छ । अन्त्यमा, केही कुरा जित्नु नै महत्त्वपूर्ण कुरा हो । जित हाम्रो रगतमा छ । जित्ने प्रयास जारी छ,’ उनले भने ।

Loading...