उपमहानगरले कोरली गाई वितरण गर्दा कृषक खुशी

विराटनगर, ८ जेठ । इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरू खुशी भएका छन् ।

इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्बर २० का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गरेका छन् ।

सामाजिक दुरी कायम गर्दै ठूलोचौरमा कोरली गाई वितरण गरिएको हो । उपमहानगरले सतप्रतिशत अनुदानमा गाई वितरण गरेको हो ।

आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले बताएका छन् ।

यो कार्यले इटहरीलाई दूधमा आत्मनिर्भर वनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपमेयर गौतमको भनाइ छ ।

गौतमका अनुसार अब वडा नम्बर १–२ का पचास जना कृषकलाई यसैगरी कोरोली गाई वितरण गर्ने कार्यक्रम रहेको छ ।

उपमहानगरले वडा नम्बर १,२ र २० लाई गाईपालन जोनका रूपमा क्षेत्र निर्धारण गरेको छ ।

इटहरी उपमहानगरको आन्तरिक स्रोतबाट यो कार्यक्रमका लागि २० लाख बजेट विनियोजन गरिएको थियो ।

Loading...