दूधकोशी नदीले बगाएर १ युवकको मृत्यु

भोजपुर, ८ जेठ । दूधकोशी नदीले बगाएर १ जनाको मृत्यु भएकाे छ ।

भोजपुरको आमचोक गाउँपालिका-९ माझखानी बस्ने २१ वर्षीय अशोक श्रेष्ठको दूधकोशी नदीले बगाएर मृत्यु भएको हाे ।

बुधबार बिहान ११ बजे दुधकोशी नदीमा पौडी खेल्न गएका श्रेष्ठ साँझ साढे ५ बजे गोजेपाथर बगरमा मृत फेला परेको भनी स्थानीयले जानकारी गराएसँगै ईलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी बालाङखाबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रक्रिया पूरा गरी अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Loading...