दर्शक बस्ने सिटमा ‘सेक्स डल’ राख्ने क्लबलाई जरिवाना

एजेन्सी, ८ जेठ । दक्षिण कोरियाको शीर्ष डिभिजन लिग के लिगले दर्शक बस्ने सिटमा ‘सेक्स डल’ राख्ने क्लबलाई जरिवाना गरेको छ ।

के लिगले एफसी सोललाई ६६ हजार ५ सय पाउण्ड जरिवाना गरेको हो ।

गत आइतबार एफसी सियोल र ग्वाँजिउ एफसीबीच भएको खेलमा खाली रंगशालामा डमी दर्शक राख्ने निर्णय भएको थियो ।

खाली रंगशालामा खेलाइने खेलको वातावरण कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषयमा चिन्तित बनेका आयोजकलाई ‘डल्कम’ कम्पनीले रंगशालाको खाली सिटमा डमी दर्शकका रूपमा आफ्नो डल राख्न आग्रह गरेपछि एफसी सियोलले सहमति जनाएको थियो ।

खेल सुरु भएको केही क्षणमा घरै बसेर अनलाइनमार्फत हेरिरहेका दर्शकहरूले रंगशालामा राखिएका डमी दर्शकहरू सामान्य किसिमका डल नभइ ‘सेक्स डल’ रहेको भन्दै क्लब र व्यवस्थापनको आलोचना सुरु गरेका थिए ।

यस्तै, राखिएका डमी दर्शक ‘सेक्स डल’ रहेको पुष्टि भएपछि एफसी सियोलले आफ्नो लज्जास्पद कार्यको लागि सबैसँग माफी मागेको थियो ।

रंगशालमा राखिएका ३० डमी दर्शकमध्ये २८ महिला र दुई पुरुष रहेका थिए ।

बीबीसीका अनुसार राखिएका केही डमीमा पोर्न साइटहरूका विज्ञापनसमेत राखिएको थियो ।

Loading...