मार्टिनेजलाई इन्टरमै बस्न स्वारेजको सुझाव

एजेन्सी, ८ जेठ । बार्सिलोना र इन्टरका पूर्वखेलाडी लुईस स्वारेज मिरामोन्टेसले मार्टिनेजलाई बार्सिलोना नआउन सुझाव दिएका छन् ।

बार्सिलोनाभन्दा इन्टरमा बस्न नै उपर्युक्त हुने भन्दै स्वारेजले इन्टर नछाड्न मार्टिनेजलाई सुझाएका हुन् ।

आफू मार्टिनेज भएको भए इन्टर नछाड्ने स्वारेजले ग्याजेटा डेल्लो खेलसँगको अन्तर्वार्तामा बताएका छन् ।

मार्टिनज युवा छन् उनीसँग अन्य चुनौतीका लागि समय अझै धेरै छ, यो समयमा खेल्ने समयको लागि प्रतिस्पर्धा गर्नुभन्दा पनि खेल्नु एकदमै आवश्यक हुन्छ,’ स्वारेज थप्छन्, ‘इन्टरबाट बार्सा आउने उनको निर्णयले उनी स्वयंमको विकासमा समस्या उत्पन्न गराउन सक्छन् ।’

यदि बार्सामा मेस्सीले नै मार्टिनेजलाई चाहेको हो भने त्यहाँ उनको लागि परिस्थिती सहज हुन सक्छ तर मैले व्यक्तिगत रूपमा भन्नु पर्दा इन्टरमा इकार्डी, मार्टिनेज र लुकाकुको जोडीले अझै लामो समयसम्म खेलोस् भन्ने इच्छा छ ।

कुन क्लबमा रहने भन्नेबारे निर्णय गर्न धेरै गाह्रो हुने भए पनि यस्तो बेलामा सही निर्णय लिन स्वारेजले मार्टिनेजलाई सुझाव दिएका छन् ।

यो सिजनको अन्त्यसम्म मार्टिनेजलाई क्लबमा भित्र्याउने तयारीसहित लागि परेको बार्सिलोनालाई कोरोना महामारीका कारण सिर्जना भएका आर्थिक संकटले भने केही समस्यामा पार्न सक्ने देखिन्छ ।

Loading...