मन्त्री पोखरेलले लेखे ‘नेपालीहरु अपमान सहँदैनन्’

काठमाडौँ, ८ जेठ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालीहरु कसैमाथि पनि अपमान भएको र होच्याएको सहन नसक्ने बताएका छन् ।

सिमानाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै उनले ट्वीटर मार्फत यस्तो चेतावनी दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन् ‘हामी कसैमाथि असमानरअपमानजनक व्यवहार गर्दैनौं, कसैले हामीमाथि त्यस्तो गर्न खोजे कदापि सहन्नौं ! नेपालको स्वतन्त्र, विवेकपूर्ण र स्वाभिमानी व्यवहारलाई कसैले होच्याउनरअपमानगर्न खोजे नेपालीहरूले कदापि सहँदैनन् । नेपालीलाई एकताको सूत्रमा बाँध्ने यही भावनाद्वारा सँधै निर्दे्शित बनिरहौं !’

मन्त्री पोखरेलले भारतबारे ट्वीटमा केही लेखेका भने छैनन् । तर उनको टिप्पणी भारत सरकारलाई नै लक्षित देखिन्छ ।

नेपालको पश्चिमी सिमानामा भारतसँग विवाद चलिरहँदा मन्त्री पोखरेल केही महिनाअघि लिपुलेक अवलोकनका लागि त्यहाँ पनि पुगेका थिए ।

Loading...