बाटो फराकिलो पार्न भन्दै वडा अध्यक्षले भत्काइदिए २५ दलित परिवारको घर

विराटनगर , ७ जेठ । सुनसरीको हरिनगरा गाउँपालिका ३ का वडा अध्यक्ष अरविन्द मेहताले लकडाउनमा भोकभोकै परेका २५ घरपरिवार मुसहरहरुको घर भत्काएर बिचल्नी बनाइदिएका छन ।

सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरमा बासोवास गदै आएका २५ घरपरिवार ऋषिदेब –मुसहर) हरुको घर बडा अध्यक्ष मेहताको नेतृत्वमा बाटो बिस्तार गर्ने बहानामा मंगलबार र बुधबार डोजर लगाएर भत्काएको छ ।

लकडाउनमा भोकभोकै परेका गरिब मुसहरहरु ओतलाग्ने घर पनि भत्काइदिएपछि ईन्तु न चिन्तु भएका छन । उनीहरु भत्किएकै घरमा खुल्ला आकाशमुनी शरण लिएर बसिरहेका छन ।

वडा अध्यक्ष मेहताले साविक गौतमपुर गाविस ८ मा पुखौदेखी सडक किनारको ऐलानी जग्गामा बस्दै आएका कमल ऋषिदेव , श्यामवती ऋषिदेव , महव , ऋषिदेव , प्रदिप ऋषिदेव लगायत २५ घर परिवारको घर भत्काएर बिचल्नी बनाइदिएका हुन ।

स्थानियबासी पिताम्बर ठाकुरले लकडाउनको सयममा दैनिक ज्यालामजदुरी गरेर खान पनि नपाउँदा भोकभोकै बस्न बाध्य मुसहरहरुको घर भत्काउनु अमानिय कार्य भएको भने ।

वडा अध्यक्ष अरविन्द मेहताले चाँही पालिकाको निर्णय अनुसार बिकासकालागि सार्वजनिक बाटो बनाएको र कसैलाई दमन नगरेको बताएका छन ।

Loading...