नाडालका प्रशिक्षकको नजरमा फेडरर सर्वाेत्कृष्ट

विराटनगर(एजेन्सी) ७ जेठ । विश्वचर्चित टेनिस खेलाडी राफेल नाडालका प्रशिक्षक टोनीले आफ्नो लागि सर्वाेत्कृष्ट खेलाडी रोजर फेडरर रहेको बताएका छन् ।

नाडालका काका समेत रहेका प्रशिक्षक टोनीले युरो स्पोर्ट्ससँगको कुराकानीमा यस्तो बताएका हुन् ।

टोनी भन्छन्, ‘यदि म नाडालको प्रशिक्षक र काका नहुन्थे त हरेक खेलमा फेडरर नै विजेता भएको हेर्न चाहन्थे ।’

मलाई फेडररको खेल्ने शैली औधी मनपर्छ । उनको खेल्ने शैलीमा छुट्टै सौन्दर्य पाईन्छ त्यसमाथि फेडरर कुशल तरिकाले आफ्नो खेल कौशल प्रस्तुत गर्न माहिर छन् ।

‘फेडरर मेरा लागि सर्वोत्कृष्ट खेलाडी हुन् उनको तुलना सायद सर्वकालिन महान टेनिस खेलाडी रड ल्याभरसँग गर्न सुहाउँछ’ टोनीले भने ।

‘राफेल नाडालको स्तर कम भने हैन’ नाडालको विषयमा बोल्दै टोनी भन्छन्, ‘नाडाल सर्वोत्कृष्ट नभए पनि विश्वका शीर्ष तीन टेनिस खेलाडी मध्ये एक चाहिँ पक्कै हुन् ।’

Loading...