अपहरण भएको ३२ वर्षपछि भेटियो छोरा

विराटनगर(एजेन्सी), ७ जेठ । एक चिनियाँ दम्पतिले ३२ वर्षपछि हराएका छोरा भेट्टाएका छन् ।

सन् १९८८ मा एउटा होटेलबाट अपहरणमा परेका आफ्ना छोरासंग ३२ वर्षपछि पुनर्मिलन भएको हो ।

सोमवार प्रहरीको एउटा पत्रकार सम्मेलनको क्रममा उनीहरूको पुनर्मिलन भएको हो ।

अहिले ३४ वर्ष पुगेका ती छोराले आफ्नो आमाबाबुसँग समय बिताउने योजना रहेको बताएका छन् ।

सञ्चारमाध्यमका अनुसार गएको एप्रिलमा प्रहरीले सिचुआन प्रान्तमा एउटा बालक ३२ वर्ष अगाडि धर्मपुत्र बनाइएको सूचना पायो । डीएनए परीक्षण गर्दा उक्त व्यक्ति र ली जीन्झीसँग मेल खायो ।

प्रहरीका अनुसार उनलाई अपहरणकारीले एक बालबच्चाविहीन दम्पतीलाई छ हजार युआनमा बेचेएका थिए । आमा ली जीन्झीले सहयोग गर्ने दशौँ हजार मानिसहरूलाई दिएकी छिन् । सन् १९८८ अक्टोबर १७ मा बुबा माओ जेन्जीन्ङ्सँग बालकक्षाबाट घर फर्कने बेला उनका लागि बुबाले पानी लिन लाग्दा दुई वर्षीय माओ यीन अपहरणमा परेका थिए ।

परिवारले उनलाई शहरभरि खोज्यो तर भेट्न सकेन ।

आमा लीले जागिर छोडेर छोराको खोजी गर्न थालिन् र १० भन्दा बढी प्रान्तमा एक लाखभन्दा बढी पर्चाहरू बाड्दा, थुप्रै टिभी कार्यक्रमहरूमा आउदा पनि कुनै सफलता हात लागेन ।

उनले ३०० वटा सूचनाका आधारमा छोरालाई खोजिन् तर पत्ता लगाउन सकिनन् । त्यसपछि, सन् २००७ मा लीले बेबी कम ब्याक होम नामक स्वयंसेवी संस्था खोलेर हराएका बालबालिका खोज्न सहयोग गर्न थालिन् ।

उनले हालसम्म २७ बालबालिकालाई अभिभावकसँग मिलन गराएको चीनको सञ्चारमाध्यमहरूले जनाएको छ ।

Loading...