कर्मचारीलाई घुस दिने कर्मचारी नै पक्राउ

विराटनगर, ७ जेठ । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ ।

डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए ।

झा ले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखि दिएका थिए ।

खाम आफ्नो टेबलको घर्रामा झाले राखिदिएपछि पौडेलले यो के हो भनेर सोध्दा नभनेको पौडेलले बताएका छन् ।

साथै झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको बताएका छन् ।

उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भष्ट्राचार जन्य कसुरमा सजाय गराई पाउँ भनि निवेदन दिएका थिए ।

यो घटनाको सामान्य जानकारी पाएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिएका थिए ।

लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयले झा लाई प्रक्राउ गरेको छ ।

Loading...