जूम भिडियो कल मार्फत सुनाईयो मृत्युदण्ड

विराटनगर(एजेन्सी), ७ जेठ । सिंगापुर अदालतले जूम भिडियो कलबाट नै एक जना मलेसियन नागरिकलाई मृत्युदण्ड सुनाएको छ ।

यो सिंगापुरको पहिलो केस हो जहाँ भिडियो कल मार्फत मृत्युदण्डको घोषणा गरिएको हो ।

सन् २०११ मा, ३७ वर्षीय पुनिथन गेन्सनलाई लागूपदार्थ (हेरोइन) तस्करी मुद्दामा अदालतले दोषी ठहराएको थियो ।

यद्यपि पुनिथनले यस मुद्दामा आफ्नो कुनै संलग्नतालाई अस्वीकार गर्दै आएका छन् र अदालतले यस निर्णयको बिरूद्ध अपील गर्ने आशा गरिरहेका छन् ।

अदालतहरूमा भएको भीडलाई ध्यानमा राख्दै धेरै देशहरूले अदालतको कार्यवाही अनलाइन गर्ने निर्णय गरेका छन् । त्यस्ता निर्णयहरू सामाजिक दूरीलाई ध्यानमा राखी लिइएको हो ।

यस्तो अवस्थामा, जूमजस्ता भिडियो कल जस्ता मोबाइल एपको प्रयोग पनि अदालतहरूमा बढेको छ ।

यस महिनाको सुरूमा नाइजेरियामा एक व्यक्तिलाई हत्याको आरोपमा जुम मार्फत मृत्युदण्ड सुनाईएको थियो ।

Loading...