Rumpum

Rumpum Advertisement

नेपाल विशेष सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

नेपाल विशेष सेवा विधेयक  राष्ट्रिय सभाबाट पारित

काठमाण्डौ , ७ जेठ । राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा विधेयक २०७६ पारित भएको छ ।
बुधबार बसेको राष्ट्रियसभाको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित विधेयक पारित गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि समितिको छलफलमा उठेका विषयहरु समावेश गरिएको जानकारी गराइन ।

मुलुकको सुरक्षा, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र नेपाली नागरिकको सुरक्षासँग जोडिएको कुराहरु समितिमा छलफल भएकाले त्यसलाई अगाडी बढाउदै जानुपर्ने उनको भनाई छ ।

भनिन , ‘राष्ट्रिय हित विपरित, देशको सार्वभौमसत्ता, स्वतन्त्रता र संविधान विपरित काम गर्नेहरुलाई परास्त गर्न ऐनको आवश्यकता छ । ’

सांसद कोमल वलीले ऐनमा राष्ट्रिय हित, राष्ट्रिय सुरक्षाका कुराहरु समेटिएको र ऐनमा टेलिफोन ट्यापिङ गरिन्छ भन्ने कुरा समेटिएको भन्ने हल्ला मात्र हो भनिन ।

सांसद प्रमिला कुमारीले समितिमा भएको छलफल विपरितको विधेयक राष्ट्रियसभामा पेश भएको भन्दै आपत्ति जनाइन ।

समितिको छलफलमा दफा १५ को उपदफा १ मा संविधान विपरित संशोधन गरिएको भन्दै उनले आपत्ति जनाएकी हुन । ४५ प्रतिशत आरक्षण कोटामा १० प्रतिशत खस आर्यका लागि छुट्याइएकोमा पनि उनले आपत्ति जनाइन ।

अब उक्त्त बिधेयक प्रतिनिधि सभाबाट पनि छलफल भएर पारित हुनुपर्ने छ ।