एक साताअघि भारतबाट ट्रक चढेर आएका थिए कचनकबलका १० संक्रमित

झापा, ७ जेठ । झापाको कचनकबल गाउँपालिकामा कोरोना भाइरसको संक्रमण भेटिएका १० जना भारतबाट ट्रक चढेर आएको खुलेको छ ।

कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमका अनुसार रोजगारीका लागि भारत गएका उनीहरू भारतको विभिन्न शहरबाट एक साताअघि ट्रक चढेर नेपाल प्रवेश गरेका थिए ।

कचनकबलमा ५ र ६ जेठमा १० जना कोराना संक्रमित भेटिएका थिए ।

उनीहरू सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू थिए ।

दस जना संक्रमित भेटिएसँगै भारतसँग सीमाना जोडिएको दक्षिणी झापामा पर्ने यो गाउँपालिका बुधबारबाट सिल गरिएको छ ।

पुरै गाउँपालिकामा आवतजावत बन्द गरिएको वडाध्क्ष आलमले जानकारी दिए ।

मंगलबारसम्म पाँच वटा वडा सिल गरेका भएपनि जोखिम बढेका कारण आजबाट सात वटै वडामा कडाइ गरेको उनले बताए ।

Loading...