लकडाउनको समयमा निन्द्रामा समस्या आउनु सामान्य, यस्ता छन् ४ कारण

विराटनगर, ७ जेठ । लकडाउनको समयमा निन्द्रामा समस्या आइरहेको छ भने डराउनु आवश्यक छैन ।

asdf

अधिकांश मानिसहरूलाई आफ्नो निद्राको प्याटर्न फरक भइरहेको वा पहिलेभन्दा कम सुतिरहेको जस्तो महशुस हुन सक्छ ।

जसकारण सबैले लकडाउनलाई दोष दिइरहेका छन् । तर, विशेषज्ञहरूका अनुसार लकडाउनको समयमा यस्तो हुनु सामान्य हो ।

विज्ञहरूका अनुसार लकडाउनबाहेक, सामाजिक दूरी र घरबाट काम गरिरहनु परेकोले निद्रा चक्रमा थप समस्या थप्ने काम गरिरहेको छ ।

लकडाउन सुरु हुनुअघि मानिसहरू जिम, अफिस, बजार, पार्टी, तथा जहाँ मन छ त्यहाँ जान सक्थे । साथै त्यो बेलामा धेरै शारीरिक र मानसिक गतिविधि भैरहेको थियो ।

तर, अब मानिसहरू घरमा बस्नु बाध्य छन् र घरबाट काम गरिरहेको कारण शारीरिक गतिविधिहरू पनि प्रतिबन्धित छन् – जसकारण परिणामस्वरूप निन्द्रामा पनि गडबडी हुन्छ ।

लकडाउनको बेलामा निन्द्रामा असर पर्नुका यी चार कारणहरू

चिन्ता : मानिसहरूको दिमागमा अहिले लकडाउन र संक्रमण फैलिने धेरै चिन्ता छन् । चिन्ताले कहिलेकाहिँ शान्तपूर्वक सुत्न दिदैन ।

सुर्यको किरण नपाएको कारण : प्राकृतिक प्रकाश हाम्रो शरीरको लागि अत्यन्त महत्त्वपूर्ण छ । आजकल मानिसहरू घरमा भएको केवल कृत्रिम प्रकाशमा बस्ने गर्छन । कृतिम प्रकाशका कारण हाम्रो आँखाले दिमागलाई अझै रातको समय होइन भनेर संकेत गरिरहने कारण मस्तिष्कले निद्रा हर्मोनलाई रिलिज गर्न सक्दैन ।

हिँडडुलमा कमी : लकडाउनका कारण घरमा बसिरहनु पर्ने कारण मानिसहरूको शारीरिक गतिविधिमा कमी आएको छ । यस कारणले गर्दा, शारीरिक थकान पनि कम छ । शरीर नथाकेको कारण पनि निद्रा लाग्दैन ।

फोन र ल्यापटपको अत्याधिक प्रयोग : फोन तथा ल्यापटपको प्रकाशले आँखालाई कृत्रिम बत्तीहरू जस्तो प्रभाव पार्छ । तसर्थ, दिमागले आँखाबाट निद्राको संकेत प्राप्त गर्न सक्दैन । तसर्थ, यसले निन्द्रामा असर गर्छ ।

Loading...