च्याम्पियन्स लिग जित्ने फेलिक्सको सपना

एजेन्सी, ७ जेठ । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फरवार्ड जाओ फेलिक्सले च्याम्पियन्स लिग जित्नु आफ्नो सपना रहेको बताएका छन् ।

पोर्चुगलका स्टार फेलिक्सले ‘बीटीभीसँगको कुराकानीका क्रममा आफ्नो सपना च्याम्पियन्स लिग जित्ने रहेको बताएका हुन् ।

अघिल्लो वर्ष मात्र बेन्फिकाबाट स्पेन आएका २० वर्षीय फेलिक्सले च्याम्पियन्स लिग जित्ने आफ्नो लक्ष्य रहेको बताएका हुन् ।

एथ्लेटिकोलाई यृुरोपियन च्याम्पियन बनाउने आफ्नो सपना रहेको बताउँदै फेलिक्सले भने, ‘च्याम्पियन्स लिग जित्न भाग्य चाहिन्छ । तर, हामीले उपाधि जित्नेमा म आशावादी छु ।’

‘यदि, म च्याम्पियन्स लिग जित्न सफल भएँ भने मेरो जीवनमा, मेरो करिअरमा त्योभन्दा खुशीको क्षण अरु केही हुनेछैन । त्यो मेरो लागि सबैभन्दा खुशीको दिन रहनेछ । फुटबल सुरु गरेदेखिकै च्याम्पियन्स लिग जित्ने मेरो सपना हो’, उनले भने ।

Loading...