जंगलमा दाउरा काट्न गएका एक जनाकाे रूखले किचेर १ को मृत्यु

ताप्लेजुङ, ७ जेठ । ताप्लेजुङामा जंगलमा दाउरा काट्न गएका एक जनाकाे रूखले किचेर १ को मृत्यु भएकाे छ ।

फुङलिङ-१० फुरम्बु बस्ने ३० बर्षीय सन्तवीर लिम्बूको रूखले किचेर मृत्यु भएको हाे

बुधबार बिहान पौने ८ बजे घरनजिकै रहेको वैशाखे जंगलमा दाउरा काट्न गएका लिम्बूले उतिसको रुख डाल्ने क्रममा सोही रूखले उनैलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Loading...