नक्साको विषयमा नेपालको पक्ष लिएको भन्दै मनिषामाथि खनिए भारतीय मिडिया

एजेन्सी, ७ जेठ । बलिउडमा लामो समयदेखि अभिनयमा सक्रिय रहेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडिया तथा नागरिकहरू खनिएका छन् ।

मनिषाले नेपालको नक्साको विषयमा नेपाल सरकारले पक्ष लिएको भन्दै एबीपी टेलिभिजनले उनीमाथि आक्रोश पोखेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई रि-ट्विट गरेकी गर्दै मनिषाले हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद ।

अब तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी रहेको लेखेकी थिइन् ।

मनिषाको यही ट्विटका कारण एबीपी टेलिभिजनले भारतको खाएर चीनको गुणगान गएको भन्दै समाचार ब्रेक गरेको छ ।

मनिषाले आजसम्म कमाएको नाम भारतले दिएको भएपनि आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी तथा नेपालको नासकाको विषयमा नेपाल सरकारले तारिफ गरेको टेलिभिजनले भनेको छ ।

मनिषाले गरेको ट्विटमा भारतीय नागरिकहरूले पनि आक्रोश पोखिरहेका छन् ।

साथै, एबिपी टेलिभिजनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतबाट आएको भाइरस कडा भएको विषयमा गरेको टिप्पणीमा समेत आपत्ति जनाएको छ ।

Loading...