स्वाद र पौष्टिकताले भरिपूर्ण लिची

गर्मीको मौसममापाउने स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा प्रमुख फल हो लिची । लिची बाक्लो बोक्रामाथि स-साना गोलाकारका काँडाजस्ता गीर्खाहरू भएको सानो आकारको फल हो ।

राम्रोसँग पाकेपछि यसको बोक्रा रातो वा गुलाबी रङको हुन्छ र यही रातो वागुलाबी रङको बोक्राभित्र पाइने सेतो प्रकारको फललाई स्वादिष्ट मानेर खाने गरिन्छ । लिची खनिज तत्वले भरिपूर्ण हुन्छ ।

एउटा ताजा र पाकेको लिचीमा कार्बोहाइड्रेट्स, सुगर, प्रोटिन, अम्लहुन्छ । लिचीमा क्याल्सियम, फोस्फरस, फलाम, खनिज, भिटामिन ‘बि’, ‘सी’ पनि प्रचुर मात्रामा पाइने हुँदा यो फल स्वास्थ्यको दृष्टिले अत्यन्त लाभदायक मानिन्छ ।

लिचीको सेवनले रातो रक्त कोशीकाको निर्माणमा सहयोग पुर्‍याउँछ । यसको सेवनले रक्तचापलाई नियन्त्रणमा ल्याउनुका साथै स्ट्रोक तथा मुटुकोसमयसा कम गर्न मद्दत गर्छ ।

लिचीको सेवनले समयअगावै हुने चाउरीपनलाई केही हदसम्म नियन्त्रण गर्छ । कलेजोको असामान्यतालाई यसको नियमित सेवनले सामान्य अवस्थामा ल्याउनसक्ने हुँदा लिची कलेजो र कमलपित्त जस्ता रोगीको लागि वरदान मानिन्छ ।

लिचीको सेवनले पाचन रस उत्पन्न गर्नमा सहयोग पुग्नाका साथै पाचन प्रणालीमा रहेका विकारहरूलाई निर्मूल पार्ने क्षमता राख्छ ।

लिचीको सेवनले खाना छिट्टै पच्ने हुँदा यसको सेवनले भोक बढाउने गर्छ । दिमागीय कमजोरी हटाउन र स्मरणीय शक्ति बढाउन पनि लिची निकै लाभदायक मानिन्छ ।

यसका साथै मुटुको धड्कन बढ्ने र हात खुट्टा पोल्नेजस्ता रोगीहरूले पनि लिचीको सेवन अत्यन्त फाइदाजनक हुन्छ । लिची खाएको कम्तीमा आधा घण्टासम्म पानी खानु हुँदैन ।

Loading...