एक नम्बर प्रदेशमा लकडाउन उल्लघंन गर्ने सवारी साधन झण्डै ५ हजार

विराटनगर, ७ जेठ । कोरोना संक्रमण रोकथाम एवम् नियन्त्रण गर्न सरकारले चैत्र १२ गतेदेखि देशभरि नै लकडाउन घोषणा गरेको थियो । लकडाउन अवधिमा उल्लंघन गर्ने सवारी साधनको संख्या पनि बाक्लै थियो ।

१२ चैतदेखि जारी गरेको लकडाउन उल्लघंन गर्ने सवारी साधनको ६ बैशाख बेलुकी ६ बजे सम्म्को अध्यावधिक तथ्यांक सार्वजनिक गरिएको छ । अनावश्यक रूपमा लकडाउनको बेवास्ता गर्दै सडकमा गुडिरहेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको हो ।

हालसम्म कूल ४ हजार ९ सय ६ सवारी साधन नियन्त्रणमा लिइएको एक नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये मोटर साइकल–स्कुटर दुई हजार आठ सय तीस, साइकल पन्ध्र सय बाह्र, अटो–टेम्पो तीन सय नौ र टिफर–ट्रक–ट्याक्टरको संख्या ६५ रहेको छ ।

नियन्त्रणमा लिइएकामध्ये ४ हजार ७ सय ७८ लाई छाडिएका छन् भने एक सय २८ सवारी साधनलाई अझै छाड्न बाँकी नै छ । सरकारले जारी गरेको लकडाउनको पालना नगरी सवारी साधन चलाउँने २ हजार ६ सय चौतिस मानिसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमध्ये २ हजार १ सय ६९ जना पुरुष छन् भने ४ सय ६५ जना महिला रहेका छन् । नियन्त्रणमा लिइएका सबै सर्बसाधारणलाई छेडिएको छ ।

लकडाउन बढ्दै जाँदा उल्लंघन गर्दै सडकमा गुड्ने सवारी साधनमा पनि कमी आउँदै गएको छ ।

१२ चैतबाट ५ जेठसम्म लम्बिएको लकडाउनको तुलना गर्ने हो भने सय प्रतिशतमा लगभग पन्चानब्बे प्रतिशत कमी आएको छ ।

Loading...