अमेरिकामा सबैभन्दा बढी संक्रमित भेटिनु गर्वको विषय : राष्ट्रपति ट्रम्प

एजेन्सी, ७ जेठ । अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनको क्रममा विश्वमा सबैभन्दा बढी संक्रमित आफ्नो राष्ट्रमा भेटिनु गर्व गर्ने विषय भएको बताएका छन् ।

सम्बोधनको क्रममा बोल्दै ट्रम्प भन्छन्, ‘कोरोना संक्रमणको शीर्ष स्थानमा अमेरिकामा रहनु गुनासो गर्ने र डराउनेभन्दा पनि गर्व गर्ने विषय हो । अमेरिकामा कोरोना संक्रमितको संख्या उच्च पाईनुले हाम्रो परीक्षण दायरा ठूलो र परीक्षण विधि प्रभावकारी छ भन्ने पुष्टि गर्छ ।’

संसारकै ठूलो क्षेत्रफल र जनसंख्या पनि धेरै भएको राष्ट्र अमेरिका भएकाले मानिसमा यो संख्यामा संक्रमण देखिनु सामान्य रहेकोसमेत ट्रम्पले बताएका छन् ।

सम्मेलनकै क्रममा ल्याटिन अमेरिका यात्रामा प्रतिबन्धबारे पत्रकारले प्रश्न गरेका थिए ।

प्रश्नको उत्तरमा ट्रम्पले आफूले त्यस विषयप्रति सकारात्मक रहेको र केही दिनमा नै जानकारी गराउने बताएका छन् ।

आफू आफ्नो राष्ट्रको जनताको स्वास्थ्यको विषयप्रति ज्यादै सचेत रहेको बताउँदै राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिका र अमेरिकाका मानिसहरूलाई संक्रमित हुनबाट रोक्ने योजनासहित अघि बढ्ने बताए ।

Loading...