ट्रकबाट लडेर एकको मृत्यु

सुनसरी, ७ जेठ । सुनसरीको हरिनगरा गाउँपालिका २ का ४० बर्षीय पवन गुप्ताको ट्रकबाट लडेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो साँढे १ बजेको समयमा हरिनगरा ६ घुस्कि बजारमा को १ ख ७९०० नम्बरको ट्रकबाट लडेका थिए ।

उनी खाद तथा चामल झार्ने क्रममा अचानक ट्रकबाट लडेरको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा उनको मृत्युु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Loading...