भारतको चेन्नईमा ८ वर्षीय बच्चा देखियो कोरोनाको गम्भीर लक्षण

एजेन्सी, ७ जेठ । बच्चाहरूमा कोरोना भाइरसको गम्भीर लक्षणहरू नभेटिने भनिएपनि चेन्नईमा आठ वर्षको बच्चामा कोरोनाको गम्भीर अर्थात् हाइपर इन्फ्लेमेटरी सिन्ड्रोम लक्षण फेला परेको छ ।

ज्वरो नियन्त्रणमा नआएपछि आठ वर्षको बच्चालाई अर्को एक बच्चासँग अस्पताल ल्याइएको थियो ।

डा. बाला रामचंद्रनका अनुसार बच्चालाई निरन्तर ज्वोरो, घाँटी तथा जिब्रो सुन्निएको र ओठ फुटिरहेको थियो ।

ज्वरो आएको चौथो दिनमा अस्पतालमा गरिएको कोरोनाको परीक्षणमा बच्चाको रिपोर्ट नेगेटिभ आएको थियो ।

तर, ज्वोरो नियन्त्रणमा नआएपछि नवौं दिनमा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

डाक्टरहरूले बच्चालाई १५ दिनको उपचारपछिअस्पतालबाट डिस्चार्ज गरेका छन् ।

चिकित्सा उपचार प्रदान नगरिएको खण्डमा हाइपर इन्फ्लेमेटरी सिन्ड्रोम हुदा शरीरका धेरै अंगहरूले काम गर्न रोक्न सक्छन् । हाइपर इन्फ्लेमेटरी सिन्ड्रोम धेरै लक्षणहरू कावासाकी रोगसँग मिल्दोजुल्दो छ जसमा रक्त नलीहरू फुलिने गर्छ ।

चेन्नईको कांची कामकोटी चिल्ड्रेस ट्रस्ट अस्पतालका निर्देशक डा. एस बालासुब्रमण्यमका अनुसार जब भाइरस शरीरमा प्रवेश गर्दछ, शरीरलाई सुरक्षा गर्नका लागि लड्न तयार हुन्छ ।

यदि कुनै व्यक्तिको शरीरले लड्नका जोडदार प्रतिक्रिया दिन्छ भने, शरीरमा ठूलो मात्रामा प्रोटिन उत्पादन गर्छ जुन संक्रमणसँग लड्न आवश्यक छ ।

बदलामा, यसले शरीरलाई हानी पु छ । जसकारण विषाक्त सिन्ड्रोमले बच्चाहरूलाई असर गर्छ ।
युरोप र अमेरिकाका बाल रोग चिकित्सकहरूलाई पनि बच्चामा देखिने यस नया लक्षनहरू चिन्ताको विषय बनेका छन् ।

Loading...