बाँस काट्ने क्रममा लडेर मृत्यु

पाँचथर, ७ जेठ । पाँचथरमा बाँस काट्ने क्रममा लडेर एकजनाकाे मृत्यु भएकाे छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका-२ का ३९ वर्षीय अमृतप्रसाद राईको बाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब ३ बजेको समयमा घरनजिकै रहेको बाँस झ्याङमा बाँस काट्ने क्रममा अचानक बाँस झ्याङबाट करिव १५/२० मिटर तल लड्दा राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Loading...