हातहतियार र लागूऔषधसहित एकजना पक्राउ

सुनसरी, ७ जेठ । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-४ बाट अबैध सानो हतियार तथा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

भारतीय नम्बर प्लेटको गाडीमा हतियार तथा लागूऔषध ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले एक जनालाई नियन्त्रमा लिएकाे हाे ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १४ का ३६ वर्षीय कृष भन्ने कृष्णकुमार यादव रहेका छन् ।

मंगलवार अपरान्ह साँढे ४ बजे बीआर ५० पी १२४१ नम्बरको भारतीय स्कारपिओ गाडीमा सवार रहेका यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ३ थान, डाइलेक्स डीसी १०० एमएलको २५ बोतल, स्पासमाेप्राेक्सीभन प्लस ५७६ ट्यावलेट, नाइट्रव्सम १६० ट्यावलेट, नाइट्राभेट ७५ ट्यावलेट र १ थान मोबाइलसमेत बरामद गरेको छ ।

हतियार र लागूऔषधसहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Loading...